"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

इरानको हमलामा युएईमा मृत्यु हुने नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ

काठमाडौं । इरानको ड्रोन हमलामा परी संयुक्त अरब इमिरेट्स ९युएई०मा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको जानकारी दिएको हो।

राजदूतावासका अनुसार जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको ज्यान गएको हो। उक्त घटनाबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ।

‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोरखा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक कूटनीतिक पहल अघि बढाइएको जनाइएको छ।

२०८२ फागुन १८ गते सोमवार १७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु