"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । ।

शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले सचिवालयले जनाएको छ । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन्।

२०८२ फागुन २९ गते शुक्रवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु