"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका लागि आफ्ना उम्मेदवारहरूको नाम टुंग्याएको छ।

पार्टीले समानुपातिक तर्फ निम्न ४ जनालाई सिफारिस गर्ने निर्णय गरेको छ:

मन्दिरा मोक्तान – आदिवासी महिला, हेटौँडा

अम्बिका संग्रौला – खस आर्य महिला

राधिका रम्तेल – दलित कोटा, सुर्खेत

पूर्ण लिम्बू – आदिवासी जनजाति, पूर्व गोर्खा लाहुरे

पार्टीका नेता अनुसार, समानुपातिक सांसद चयन गर्दा सामाजिक समावेशीकरण र क्षेत्रीय प्रतिनिधित्वलाई प्राथमिकता दिइएको हो।

२०८२ फागुन ३० गते शनिवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु