कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले पाएको २० सिटमध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुषको नाम पठाउने निर्णय गरिएको छ।
क्लस्टर मिलाउँदा आदिवासी जनजातिबाट ६, खस आर्यबाट ६, तथा थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट गरी कूल ५ जनाको नाम आयोगमा पठाइने उनले बताए।
“बन्दसूची हामी आजै निर्वाचन आयोगमा पठाउँछौँ। केही क्लस्टरमा तलमाथि परेमा आयोगले परिवर्तन गर्ने सुविधा दिन्छ,” चालिसेले भने।
उनका अनुसार समानुपातिक सांसदको अन्तिम नामावली निर्वाचन आयोगले नै सार्वजनिक गर्नेछ।
२०८२ चैत १ गते आइतवार १७:०१ बजे प्रकाशित






















