"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बालेन शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीभित्र यस विषयमा आन्तरिक अनौपचारिक छलफल भइरहेको छ।

प्रवक्ता मनिष झाले भने, “रास्वपा संसदीय दलको नेता चयनका लागि विधान संशोधनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिको बैठक कुर्नुपर्छ। आन्तरिक र अनौपचारिक रूपमा हामीले यसबारे छलफल गरिरहेका छौँ।”

उनका अनुसार, दलको नेताबारे निर्णय गर्न प्रक्रियागत कुराहरू पूरा गर्न आवश्यक छ र अहिले केही नेताको उपस्थितिको प्रतीक्षा भइरहेको छ। स्वास्थ्य अवस्थाका कारण केही नेताहरू उपस्थित हुन नसकेकोले प्रक्रिया केही समय पर्खिनुपर्ने झा बताए।

प्रवक्ताले थपे, “सहमतिमा हामी जिम्मेवार छौँ र प्रतिबद्धता बिर्सेका छैनौँ। यसबारे अनावश्यक आशङ्का नहोस्।”

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनावमा लागेको थियो।

२०८२ चैत १ गते आइतवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु