राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता र प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गर्ने निर्णय गरेको हो। बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा सम्पन्न भएको थियो।
प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ।
दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन्। उनी जुम्लाबाट निर्वाचित भएका हुन्।
२०८२ चैत ५ गते बिहीवार १७:२२ बजे प्रकाशित






















