बालेन ३६ वर्षको उमेरमा प्रधानमन्त्री
काठमाडौँ। बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएको छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई शुक्रबार नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेको हो।
वास्तविक नाम बालेन्द्र शाह भए पनि कला, साहित्य र युवा जमातमा उनी ‘बालेन’का नामले परिचित छन्। राजनीतिमा सक्रिय भएपछि औपचारिक कागजपत्रमा बालेन्द्र लेखिए पनि आम जनताले उनलाई ‘बालेन’ भनेर चिन्छन् । फागुन २१ गते मतदाताले रास्वपालाई १८२ सिटसहित देशको ठुलो राजनीतिक दल बनाएपछि बालेन एकल बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बनेको हो ।
३६ वर्षको उमेरमा प्रधानमन्त्री
जेनजी विद्रोहपछि फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट बालेन्द्र ३६ वर्षमै प्रधानमन्त्री बन्न सफल भएको छन् । बालेन्द्रको जन्म २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा बुवा डा।रामनारायण शाह र आमा ध्रुव्रादेवी शाहको कोखबाट भएको हो । बालेनका एक दाजु र एक बहिनी छन् । नर्स तथा मोडेल सविना काफ्लेसँग विवाह गरेका बालेनकी एक छोरी छन् ।
उनी काठमाडौँ महानगरपालिकाको प्रमुख बनेर राजनीतिमा औपचारिक प्रवेश गरेको हो । वि।सं। २०७९ जेठ ३० गते बालेन काठमाडौँ महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनेको हो । उनले ६१ हजार ७६७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत पाए। शाह र सिंहको मतान्तर २३ हजार ४२६ थियो ।
स्वतन्त्र रूपमा तीन वर्ष महानगर प्रमुखको जिम्मेवारीमा रहनुभएका बालेन्द्र २०८२ पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेश गरेको हो । उनले रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गर्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तय गरेको हो । प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ताअघि उनले २०८२ साल माघ ४ गते काठमाडौँ महानगर प्रमुख पदबाट राजीनामा दिए।
रास्वपासँगको सहमतिमै उहाँलाई भाबी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने उल्लेख थियो । बालेन्द्रका लागि रास्वपा प्रवेशको सहमति र प्रधानमन्त्री पदको शपथमा १३ को संयोग परेको छ । पुस १३ गतेको सहमतिमा हस्ताक्षर गरेको ठिक तीन महिनापछि चैत १३ गते उहाँ प्रधानमन्त्री बनेको हो ।
३२ वर्षको उमेरमा काठमाडौँ महानगरको नगर प्रमुख बन्नुभएका उहाँ ३६ वर्षको उमेरमा एकल बहुमतसहित देशको शक्तिशाली सरकारको प्रधानमन्त्री बनेको हो । नेपालको इतिहासमा यसअघि कम उमेरका प्रधानमन्त्री नियुक्त भए पनि बालेन्द्र कान्छो निर्वाचित प्रधानमन्त्री बनेको छन् । नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापा ३२ वर्षमा प्रधानमन्त्री नियुक्त भएको थियो भने पञ्चायत अवधिमा डा। तुलसी गिरीले ३३ वर्षमै प्रधानमन्त्रीको नियुक्ति खाएको थिए।
२०८२ चैत १३ गते शुक्रवार १७:१० बजे प्रकाशित






















