"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यी हुन् नयाँ मन्त्री

काठमाडौं । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ मन्त्रीहरूलाई शपथ गराएका छन्।

आजै प्रधानमन्त्री बालेन्द्र शाह ले पनि शपथ लिएका थिए। समारोहमा बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरेका थिए।

मन्त्रिपरिषदका नयाँ सदस्यहरू
प्रधानमन्त्री: बालेन्द्र शाह – रक्षा मन्त्रालय र उद्योग मन्त्रालय पनि सम्हालेका छन्।
अर्थ मन्त्री: स्वर्णिम वाग्ले
गृह मन्त्री: सुधन गुरुङ
परराष्ट्र मन्त्री: शिशिर खनाल
भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री: सुनिल लम्साल
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री: विराजभक्त श्रेष्ठ
पर्यटन मन्त्री: खड्कराज पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री: सस्मित पोखरेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री: निशा मेहता
सञ्चार मन्त्री: विक्रम तिमिल्सिना
सामान्य प्रशासन मन्त्री: प्रतिभा रावल
श्रम मन्त्री: दीपक साह
कानुन मन्त्री:सोविता गौतम
महिला, बालबालिका मन्त्री: सीता वादी

२०८२ चैत १३ गते शुक्रवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु