"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्रहरीले व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रदर्शन जारी रहँदा सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। अवस्था थप बिग्रिन नदिन निगरानी कडा पारिएको सुरक्षा निकायले जनाएको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा दमन भएको भन्दै त्यस घटनाको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाइएको थियो। उक्त घटनाका बेला केपी शर्मा ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए।

सोही घटनासँग सम्बन्धित विषयमा ओली र लेखकलाई पक्राउ गरिएपछि एमालेले विरोधस्वरूप प्रदर्शन सुरु गरेको हो।

२०८२ चैत १४ गते शनिवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु