"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ।

संघीय संसद सचिवालयअन्तर्गतको सांसद सुविधा शाखाले सूचना जारी गर्दै प्रतिनिधिसभाका सदस्यहरूलाई तोकिएको समयभित्र सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको हो।

भ्रष्टाचार निवारण ऐन २०५९को दफा ५० (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८को दफा ३१क (१) अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ।

उक्त कानुनी व्यवस्थाअनुसार सार्वजनिक पदमा नियुक्त भएको मितिले ६० दिनभित्र अद्यावधिक सम्पत्ति विवरण सम्बन्धित निकायमा पेश गर्नुपर्ने हुन्छ।

सचिवालयले जारी गरेको सूचनामा प्रतिनिधिसभाका सदस्यहरूले आर्थिक वर्ष २०८१/०८२ को सम्पत्ति विवरण सिलबन्दी खाममा राखी सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७) मा कार्यालय समयभित्र दर्ता गराउनुपर्ने उल्लेख गरिएको छ।

२०८२ चैत १५ गते आइतवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु