प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्।
मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो।
रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले भने ‘पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना दिने कुरा छ। त्यसमा समय निर्धारण गरेर अघि बढ्ने भन्ने कुरा छ।’
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले पनि दलका नेताहरूले सम्बोधन गर्ने जानकारी दिए।
‘भोलि पहिलो अधिवेशनको शभारम्भ हो। त्यसमा दलहरूको तर्फबाट मन्तव्य र शुभकामना रहनेछ।’
कार्यव्यवस्थाको संख्याबारे सल्लाह गर्नुपर्ने कुरामा पनि सांसद बुर्लाकोटीले बताए,
‘रास्वपाको संख्या अलि ठूलो भएको र अरु दलका प्रतिनिधि पनि अटाउन पाए हुन्थ्यो भन्ने भएपछि हामीले पनि दलमा छलफल गर्नुपर्ने भयो।’
२०८२ चैत १८ गते बुधवार १७:१९ बजे प्रकाशित























