ओलीको पित्तथैलीको शल्यक्रिया सफल, २२ एमएमको ढुंगा निकालियो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा शल्यक्रियामार्फत सफलतापूर्वक निकालिएको छ।
डा। पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले ओलीको शल्यक्रिया गरेको हो। चिकित्सकका अनुसार उनको पित्तथैलीमा २२ एमएम आकारको ढुंगा भेटिएको थियो, जुन सफलतापूर्वक निकालिएको छ। शल्यक्रिया सम्पन्न भएपछि उनलाई निगरानीका लागि आईसीयूमा सारिएको छ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्टै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए। पक्राउ परेकै दिनदेखि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
२०८२ चैत ३० गते सोमवार १७:१४ बजे प्रकाशित






















