त्रिवि क्रिकेट मैदान खाली गराउने होइन, भाडा सम्झौता रिन्यू गर्ने हो: मन्त्री पोखरेल
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सस्मित पोखरेलले त्रिवि पदाधिकारीसँग छलफल सकारात्मक भएको र सम्झौता छिटै नवीकरण हुने बताएका हुन्।
उनका अनुसार आज बिहान त्रिविका उपकुलपतिसहित उच्च पदाधिकारीसँग भएको छलफल सकारात्मक दिशामा अघि बढेको छ। उनले भने, “खाली गराउने कुरा होइन, भाडा सम्झौता रिन्यू गर्ने हो। राज्यको ठूलो लगानी भएको संरचना भएकाले लिज पुन: सम्झौता गर्नुपर्छ।”
त्रिवि र क्यानबीचको हालको करार सम्झौता यही वैशाख मसान्तमा समाप्त हुँदैछ।
२०८३ वैशाख १४ गते सोमवार १७:४२ बजे प्रकाशित























