"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी भक्तपुरको गुण्डुस्थित निवासको माथिल्लो तलामा आराम गरिरहेका छन्।

उनका स्वकीय सचिव राजेश बज्राचार्य का अनुसार शल्यक्रियापछि घाउमा संक्रमण (इन्फेक्सन) नबढोस् भनेर चिकित्सकको सल्लाहअनुसार भेटघाट कम गरिएको हो। चिकित्सकहरूले अझै १० देखि १५ दिनसम्म पूर्ण आराम गर्न सुझाव दिएका छन्।

बज्राचार्यका अनुसार केही दिनअघि घाउमा समस्या देखिएपछि अवस्था गम्भीर हुन नदिन अस्पताल लैजानुपर्ने स्थिति बनेको थियो। तर पछि घरमै चिकित्सक बोलाएर उपचार गरिएको र अहिले घाउको ड्रेसिङ तथा नियमित रगत परीक्षण भइरहेको छ।

चिकित्सकहरूले संक्रमणको जोखिम अझै रहने भएकाले थप केही दिन भेटघाट नियन्त्रित राख्न सुझाव दिएका छन्

२०८३ वैशाख २० गते आइतवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु