"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न एकीकृत सुरक्षण कोष स्थापना गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको उल्लेख छ।

सरकारका अनुसार उक्त कोषमा समस्याग्रस्त सहकारी संस्थाबाट कर्जा असुली गरी रकम जम्मा गरिनेछ। त्यसरी संकलन भएको रकम बचतकर्ताको पैसा फिर्ता गर्न प्रयोग गरिने जनाइएको छ।

सरकारले हालै समस्याग्रस्त सहकारीको बचत फिर्ताका लागि पुन:प्रयोग हुने कोषसमेत स्थापना गरिसकेको छ। उक्त कोषमा प्रारम्भिक पुँजीका रूपमा २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै, समस्याग्रस्त सहकारीको कर्जा असुलीबाट प्राप्त रकम तथा सम्पत्ति बिक्रीबाट आएको रकम पनि सोही कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ।

यसैगरी, सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई थप सुदृढ बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

२०८३ वैशाख २८ गते सोमवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु