"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले विगतमा बन्दुक उठाएको कारण आज विभिन्न पृष्ठभूमिका व्यक्तिहरू सदनसम्म पुगेको दाबी गरे।

उनले भने, “सदनमा जसको प्रवेश भए पनि आफ्नैजस्तो लाग्छ।”

प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह प्रधानमन्त्री बनेको प्रसंग उल्लेख गर्दै त्यसलाई परिवर्तन र क्रान्तिको उपलब्धिको रूपमा व्याख्या गरे।

उनले भने, “बालेन्द्र शाह काठमाडौं मेयर हुँदै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मलाई यो क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ।”

त्यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको स्मरण गर्दै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई पनि दिएका छन्।

२०८३ वैशाख २९ गते मंगलवार १७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु