सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गर्नु भएपछि आज तेस्रो पटक सुचारु बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोलप्रसाद अर्यालले बिहीबार बस्ने गरी बैठक स्थगित गरेको हो ।
दुई पटक स्थगित भएर पुन: सुचारु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध गरेको थिए। भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने सभामुख अर्यालले बैठकलाई जानकारी गराए।
प्रतिपक्षी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरूले सामुहिकरूपमा विरोध जारी राखेको थिए।
२०८३ वैशाख ३० गते बुधवार १८:३३ बजे प्रकाशित























