विपक्षी सांसदले संसद्मै मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिन प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन्।
सांसदहरूले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने दाबी गरेका छन्। लगातार संसद्मा अनुपस्थित भएको भन्दै विपक्षीले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै राजीनामासमेत माग गरेका हुन्।
२०८३ वैशाख ३० गते बुधवार १८:३९ बजे प्रकाशित






















