"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सँगको भेटपछि प्रधानमन्त्री मोदीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

मोदीले लामिछानेसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै, साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने उनको इच्छालाई स्वागत र पूर्ण समर्थन गर्ने बताएका छन्।

उनका अनुसार “छिमेकी पहिलो” नीतिअन्तर्गत नेपाल भारतको एक महत्वपूर्ण प्राथमिक साझेदार हो। साथै, दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ नेतृत्वसँग सहकार्य गर्न भारत उत्सुक रहेको पनि उनले बताएका छन्।

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टी ९भाजपा० को निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि गएको हो।

२०८३ जेठ २० गते बुधवार १७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु