"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे’ भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री शाहले राष्ट्रहितविपरीत तथा राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन्।

माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले ‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनकारीहरूले देशको सार्वभौमसत्ता र सीमा सुरक्षाजस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीबाट गैरजिम्मेवार अभिव्यक्ति आएको आरोप लगाउँदै त्यसबारे सार्वजनिक रूपमा माफी माग्नुपर्ने वा पदबाट मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन्।

विरोध प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीविरुद्ध विभिन्न प्लेकार्ड र ब्यानरसमेत प्रदर्शन गरेका थिए।

नेकपाका नेताहरूले सीमा विवादका विषयमा नेपालको अडान स्पष्ट, दृढ र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा सरकार प्रमुखबाटै विवादास्पद अभिव्यक्ति आउनु दु:खद र निन्दनीय भएको बताएका छन्। उनीहरूले राष्ट्रिय स्वाधीनता र सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन्।

२०८३ जेठ २१ गते बिहीवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु