"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक दर्शन र पारिवारिक भेटघाट गरेका छन्।

शनिबार बेलुका भेडेटारमा बास बसेका गुरुङ आइतबार बिहान धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक निशान मन्दिर पुगेका थिए। मन्दिर परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताले उनको स्वागत गरेका थिए। स्वागतपछि उनले मन्दिरमा पूजा–दर्शन गरेका थिए।

त्यसपछि गृहमन्त्री गुरुङले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गर्दै जिल्लाको शान्तिसुरक्षा अवस्था, प्रहरीको कार्यसम्पादन तथा सेवा प्रवाहबारे जानकारी लिएका थिए। उनले प्रहरी नेतृत्वसँग सुरक्षा व्यवस्थापन र नागरिक सेवासम्बन्धी विषयमा छलफल समेत गरेका थिए।

त्यसपछि जिल्ला प्रशासन कार्यालय पुगेर उनले प्रशासनिक सेवा प्रवाह, कार्यालयको कार्यसम्पादन र नागरिकलाई उपलब्ध गराइँदै आएका सेवाबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा उनले प्रशासनिक अधिकारीहरूसँग सेवा प्रभावकारी बनाउने विषयमा छलफल गरे पनि सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

निरीक्षण कार्यक्रमपछि गुरुङले धनकुटा नगरपालिका–५ मा पारिवारिक भेटघाट गरेका थिए। त्यहाँ भोजन गरेपछि उनी सुनसरीको धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ प्रस्थान गरेका थिए।

२०८३ असार २१ गते आइतवार १८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु