संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ।
प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाले मंगलबार बहुमतले पारित गरेको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले विधेयक निर्णयार्थ प्रस्तुत गरेको थिए।
यसअघि प्रतिनिधि सभाले पनि विनियोजन विधेयक पारित गरिसकेको थियो। राष्ट्रिय सभाबाट पनि स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको बजेटले संघीय संसद्को दुवै सदनबाट अनुमोदन पाएको छ।
बैठकमा अर्थमन्त्री डा। वाग्लेले आर्थिक विधेयक, २०८३ समेत पेश गरेको थिए।
२०८३ असार २३ गते मंगलवार १७:४० बजे प्रकाशित























