आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
उनले बिहीबार राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।
पीडित परिवार र सरकारबीच आइतबार नौबुँदे सहमति भएपछि शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइएको थियो।
सहमतिपछि सोमबार पशुपतिको आर्यघाटमा नेपालीको अन्त्येष्टि गरिएको हो।
२०८३ असार २९ गते सोमवार १७:४३ बजे प्रकाशित






















