देशमा अहिले पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको छ: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले अहिलेको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन, कुन दमन कुन बर्बर्ता ? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई ? प्रहरी फेरि के भएको हो ?,’ ओलीले थपे, ‘यिनीहरूले नै हैन अस्ति प्रहरीलाई लखेटी लखेटी दुस्ख दिएको रु अहिले केही प्रहरी तिनैको आदेशमा दमन गर्न लागिपरेका छन् ।’ओलीले भने।
उनले देशको वर्तमान राजनीतिक अवस्थाबारे आलोचना गर्दै राज्यबाट भइरहेको व्यवहारमाथि प्रश्न उठाएका छन्।
२०८३ साउन ७ गते बिहीवार १७:१७ बजे प्रकाशित























