"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला अदालत काठमाडौंबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार भट्टराईलाई पक्राउ गरेको हो।

उनीविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता हुँदा भट्टराई अदालतमा उपस्थित नभएकाले पक्राउ पुर्जी जारी गरिएको थियो।

सीआईबीका अनुसार पक्राउ परेका भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइनेछ। सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीले अदालतमा उपस्थित गराउने तयारी भइरहेको जानकारी दिएकी छन्।

अनुसन्धानका क्रममा करिब १७ वर्षअघि पाँच जना तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा ट्राभल डकुमेन्ट जारी गरिएको खुलेपछि भट्टराईविरुद्ध राहदानी कसुरअन्तर्गत मुद्दा दायर गरिएको हो।

यस प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप अनुसन्धानसमेत अघि बढाइरहेको जनाएको छ।

२०८३ साउन १८ गते सोमवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु