"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुकुमवासी समस्या समाधानमा सरकारलाई सहयोग गर्न एमाले तयार : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै राजनीतिक दल र सरकारबीच सहकार्य आवश्यक रहेको बताइन्।

अर्यालले एमाले नेतृत्वको सरकारले भूमि नीति र भू–उपयोग ऐन निर्माण गरेर भूमि व्यवस्थापनको आधार तयार पारेको उल्लेख गर्दै त्यसको कार्यान्वयन अहिले अगाडि बढिरहेको बताइन्। ती नीतिगत व्यवस्थाले भविष्यमा भूमि समस्याको समाधानका लागि महत्वपूर्ण आधार तयार गरेको उनको भनाइ थियो।

सरकारले सुकुमवासीको समस्या समाधानका लागि अघि बढ्ने कुनै पनि पहलमा एमालेले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। सुकुमवासीको पीडा र आवश्यकता आफूहरूले नजिकबाट बुझेको उनको भनाइ थियो।

सांसद अर्यालले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्यालाई अलग–अलग रूपमा हेरेर समाधान गर्न नसकिने धारणा राखिन्। दुवै वर्गको समस्या एउटै नीतिगत ढाँचाबाट समाधान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

२०८३ साउन १९ गते मंगलवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु