रसुवा बाढीपीडितका लागि अमेरिकाबाट ४० टन राहत सामग्री नेपाल आइपुग्यो
काठमाडौं । रसुवाका बाढीपीडितका लागि अमेरिकी संस्थाले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ।
अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ। उक्त सामग्रीले बाढी प्रभावित क्षेत्रमा रहेका करिब २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने बताइएको छ।
राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्ती रहेका छन्। यी सामग्री स्थानीयस्तरमा बाढी प्रभावित क्षेत्रमा कार्यरत संस्थामार्फत आवश्यक परिवारलाई वितरण गरिनेछ।
अमेरिकी दूतावासले नेपालको आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय गरिरहेको जनाएको छ।
२०८३ भदौ १७ गते बुधवार १२:०२ बजे प्रकाशित























