"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र उनीहरूका स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावित नागरिकका लागि सहयोग गर्ने भएका छन्।

नेकपा संसदीय दलले सबै सांसद तथा स्वकीय सचिवको १५ दिनको तलब संकलन गरी बाढीपीडितको राहतमा प्रयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।

संसदीय दलले सबै सांसद तथा स्वकीय सचिवलाई पार्टीको खातामा रकम जम्मा गर्न आग्रह गरेको छ।

दुलालका अनुसार संघीय सांसदसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबाट समेत रकम संकलन गरी एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको नेकपा संसदीय दलले जनाएको छ।

२०८३ भदौ १७ गते बुधवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु