"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौँमा एलपी ग्यासको अभाव, डिलरमा उपभोक्ताको चाप बढ्यो

काठमाडौँ । बाढीपहिरोका कारण तराईबाट काठमाडौँतर्फ हुने एलपी ग्यासको ढुवानी प्रभावित भएपछि उपत्यकामा ग्यासको अभाव देखिएको छ । नियमित आपूर्ति प्रभावित हुँदा ग्यास डिलरमा सिलिन्डर लिन पुग्ने उपभोक्ताको चाप समेत बढेको छ ।

मुख्य सडकमार्ग अवरुद्ध भएकाले खाली सिलिन्डर तराई पठाएर रिफिल गरी पुनः काठमाडौँ ल्याउने नियमित प्रक्रियामा समस्या आएको नेपाल आयल निगमले जनाएको छ । आपूर्ति कम भएपछि कतिपय डिलरमा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ भने केही डिलरले सडक किनारबाट समेत सिलिन्डर वितरण गरिरहेका छन् ।

निगमका अनुसार अहिले वैकल्पिक मार्ग प्रयोग गरी ग्यास उपत्यका ल्याउने प्रयास भइरहेको छ । सडकमार्ग सहज भएपछि ग्यासको आपूर्ति पनि क्रमशः नियमित हुने निगमले जनाएको छ ।

२०८३ भदौ २३ गते मंगलवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु