"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विपद् कोषमा १२ अर्ब ४३ करोड रुपैयाँ मौज्दात

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहानसम्म विभिन्न बैंकमा नेपालीतर्फ ९ अर्ब १४ करोड ३९ लाख रुपैयाँ र डलर खातामा २ करोड १६ लाख अमेरिकी डलरभन्दा बढी जम्मा भएको छ।

भदौ २५ गते मात्रै कोषमा नेपालीतर्फ १७ करोड २५ लाख रुपैयाँभन्दा बढी र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार डलर थपिएको छ।

यसअघि रसुवाको भोटेकोशी बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

२०८३ भदौ २५ गते बिहीवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु