"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रसुवामा बाढीको कहर, गोसाइँकुण्डका ५४५ जना सम्पर्कविहीन

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीले रसुवाको जनजीवन अस्तव्यस्त बनेको छ। सडकमार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत खाद्यान्न र राहत सामग्री पुर्‍याएर गुजारा चलाउनुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढीपछि गाउँपालिकाका ५४५ जना सम्पर्कविहीन छन्। विस्थापितका लागि काठमाडौँका एलो गुम्बा र मुस्ताङ गुम्बामा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

बाढीले गाउँपालिकाको भवन, विद्यालय तथा स्वास्थ्य चौकीलगायत संरचनामा ठूलो क्षति पुर्‍याएको छ। वडा नम्बर २ को अधिकांश क्षेत्रको नामनिशाना नै नरहेको र वडा नम्बर ५ पनि ठूलो रूपमा प्रभावित भएको गाउँपालिकाले जनाएको छ।

बाढीमा पर्यटक तथा तीर्थयात्रुसमेत प्रभावित भएका छन्। रसुवागढी भन्सार क्षेत्रमा मानिस, सवारीसाधन र मालसामानसमेत बगाएको जनाइएको छ। सम्पर्कविहीनको तत्काल खोजी गरी विस्थापितलाई सुरक्षित स्थानमा स्थायी रूपमा पुनःस्थापना गर्नुपर्ने स्थानीयको माग छ।

२०८३ भदौ २५ गते बिहीवार १२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु