"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ग्यास लुकाए कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँको चेतावनी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्यास लुकाउने, स्टक राखेर बिक्री नगर्ने तथा तोकिएको मूल्यभन्दा बढी लिने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कार्यालयले ग्यास उद्योग तथा डिलरबाट प्राप्त ग्यास जुनसुकै समयमा उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ । ग्यासको कालोबजारी वा भण्डारण गरी लुकाएको पाइएमा अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने सूचनामा उल्लेख छ ।

ग्यास स्टक राखेर बिक्री नगरेको जानकारी भएमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा फोन गरी जानकारी गराउन कार्यालयले आग्रह गरेको छ ।

804443034_1756098052290037_4643665689537529351_n

२०८३ भदौ २८ गते आइतवार ०९:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु