"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आजदेखि पुरानै मूल्यमा ग्यास पाइने

काठमाडौँ – काठमाडौँ उपत्यकामा बिहीबारदेखि प्रतिसिलिन्डर दुई हजार ६० रुपियाँमै ग्यास पाइने भएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले पुरानै मूल्यमा ग्यास उपलब्ध हुने जानकारी दिनुभयो ।

कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका प्लान्टमा ग्यास भरेर सिलिन्डर ल्याउँदा लागत बढेको भन्दै उद्योगीले मूल्य दुई हजार १६५ रुपियाँ ३८ पैसा पुर्‍याएका थिए ।

अध्यक्ष चन्दले आपूर्ति सहज भएसँगै घरछेउकै विक्रेताबाट सिलिन्डर साट्न पाउने व्यवस्था पनि छिट्टै हुने बताउनुभयो ।

२०८३ असोज १ गते बिहीवार ०७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु