"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पाँच समस्याग्रस्त सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को–अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

समितिले सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने कार्य भइरहेको जनाएको छ। पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको र क्रमशः बचत रकमका आधारमा वर्गीकरण गरी भुक्तानी गरिने समितिले जनाएको छ।

२०८३ असोज २ गते शुक्रवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु