"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्ता अदालतले तिरायो क्लासिक टेकलाई २ लाख ५० हजार जरिवाना

काठमाडौँ । लामो समय इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि समस्या समाधान नगरेको भन्दै उपभोक्ता अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

बिहीबारको दुई सदस्यीय इजलासले क्लासिक टेकलाई दोषी ठहर गर्दै उक्त फैसला गरेको हो।

सेवा अवरुद्ध भएपछि उपभोक्ता शिवप्रकाशले पटक–पटक कम्पनीमा गुनासो गरे पनि सुनुवाइ नभएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा १० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए।

उनका अनुसार एक वर्षका लागि करिब ६ हजार रुपैयाँ भुक्तानी गरेको केही दिनमै इन्टरनेट सेवा अवरुद्ध भएको थियो। कम्पनीसँगै विभिन्न सरकारी निकायमा गुनासो गर्दा पनि समस्या समाधान नभएपछि अदालत पुगेको उनले बताएका छन्।

अदालतको फैसलापछि शिवप्रकाशले यो लडाइँ व्यक्तिगत क्षतिपूर्तिका लागि मात्र नभई उपभोक्ताले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्छ भन्ने सन्देश दिनका लागि भएको बताएका छन्।

२०८३ असोज २ गते शुक्रवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु