महँगी पछिल्लो डेढ वर्षयताकै उच्च
काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा महँगी दर ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो पछिल्लो डेढ वर्षयताकै उच्च हो ।
अघिल्लो वर्ष साउनमा १.६८ प्रतिशत रहेको महँगी यसपटक उल्लेख्य बढेको हो । खाद्य तथा पेय पदार्थ समूहको महँगी ६.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.५२ प्रतिशत पुगेको छ ।
खाद्य समूहमा घिउ तथा तेलको मूल्य १५.६२ प्रतिशत, फलफूल १५.३९ प्रतिशत, माछा तथा मासु ८.६५ प्रतिशत र तरकारीको मूल्य ६.९० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
२०८३ असोज ३ गते शनिवार ०८:१९ बजे प्रकाशित























