टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस
काठमाडौं – संविधान जारी भएको दिनको स्मरणमा आज देशभर संविधान दिवस मनाइँदैछ ।
२०७२ असोज ३ गते जारी भएको संविधानको सम्झनामा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डीपी अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत सहभागी हुनुभएको छ ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सांस्कृतिक समूह तथा विद्यार्थीले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका छन् ।
२०८३ असोज ३ गते शनिवार १०:५० बजे प्रकाशित























