"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमाले ओलीकै नेतृत्वमा एकताबद्ध छ, ८० प्रतिशतभन्दा बढीले अध्यक्षलाई समर्थन गर्नुभोः महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र कुनै किसिमको विग्रह वा विद्रोह नरहेको र अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी एकताबद्ध रहेको बताउनुभएको छ ।

केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले बैठकमा बोलेका ४१ जनामध्ये ८० प्रतिशतभन्दा बढीले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई समर्थन गरेको दाबी गर्नुभयो ।

उहाँले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले पनि नेतृत्व परिवर्तन वा विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पारेको बताउनुभयो ।

बैठकमा केही नेताले उठाएका विषय पार्टी सञ्चालनको विधि र व्यवस्थापनसँग सम्बन्धित रहेको बस्नेतको भनाइ छ । उहाँले ओलीको विकल्प खोजिएको भन्ने चर्चा नियोजित भ्रम भएको दाबी गर्दै एमालेविरुद्ध सामाजिक सञ्जालमार्फत ‘डिजिटल वार’ भइरहेको बताउनुभयो ।

२०८३ असोज ६ गते मंगलवार १९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु