नेपालको हिमबाढी पुनःस्थापनाका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर दिने
काठमाडौँ । नेपालमा भदौ १० गते आएको हिमबाढीपछिको पुनःस्थापनाका लागि अमेरिकाले थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार न्युयोर्कमा भएको भेटवार्ताका क्रममा सहयोग घोषणा गर्नुभएको हो ।
अमेरिकाले बाढी प्रभावित क्षेत्रमा स्थायी पुल निर्माणका लागि १ करोड, खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा तथा जीविकोपार्जनका लागि ८० लाख र दीर्घकालीन विपद् पुनःस्थापनाका लागि १ करोड ३० लाख डलर बराबरका अत्याधुनिक ड्रोन उपलब्ध गराउने जनाएको छ ।
भोटेकोशी हिमबाढीमा बेपत्ता भएका करिब ७० अमेरिकी नागरिकलगायत प्रभावितप्रति अमेरिकी सरकारले सहानुभूति व्यक्त गरेको छ ।
नयाँ सहयोग घोषणासँगै हिमबाढीपछिको प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग करिब साढे पाँच अर्ब रुपैयाँ पुगेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
२०८३ असोज ७ गते बुधवार ११:३३ बजे प्रकाशित























