"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रमुख नदीमा बहाव बढ्ने: ३१ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य बढ्ने जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबारदेखि असोज ११ गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, राप्ती र बबईलगायत नदीमा जलसतह बढ्नेछ ।

ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज ३१ जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

२०८३ असोज ७ गते बुधवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु