"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

बागलुङ, असोज ११ गते । बागलुङको निशीखोला गाउँपालिका–३ धारखर्कमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, ८ वर्षीय छोरा मुकेश र ३ वर्षीय छोरा निशन विक रहेका छन् ।

उहाँहरू घरमा सुतिरहेको अवस्थामा पहिरो खसेर पुरिनुभएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।

पहिरोका कारण विद्युत् सेवासमेत अवरुद्ध भएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

२०८३ असोज ११ गते आइतवार ११:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु