नारायणी नदीले खतराको तह पार गर्यो, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
नवलपुर, असोज ११ गते । नारायणी नदीले खतराको तह पार गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
नारायणीको जलसतह ११.४८ मिटर पुगेको छ । नदीको जलसतह ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।
प्राधिकरणले चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिमलगायत नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको हो । नारायणीको जलसतह १३ मिटरसम्म पुग्न सक्ने प्राधिकरणले जनाएको छ ।
२०८३ असोज ११ गते आइतवार १२:०९ बजे प्रकाशित























