सरकारी कर्मचारीले अब ९ प्रकारका बिदा पाउने
काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमा सरकारी कर्मचारीले पाउने बिदा बढाएर ९ प्रकारको बनाउने प्रस्ताव गरिएको छ।
यसअघि ८ प्रकारका बिदा पाउँदै आएका सरकारी कर्मचारीका लागि विधेयकमा महिला कर्मचारीलाई महिनावारी (रजश्वला) बिदा थप गर्ने व्यवस्था प्रस्ताव गरिएको हो।
हाल भैपरी आउने, घर, मातृत्व तथा प्रसूति, प्रसूति स्याहार, मृत्यु संस्कार, अध्ययन र असाधारण बिदा उपलब्ध हुँदै आएको छ। अब त्यसमा महिनावारी बिदासमेत थपिनेछ।
तर विधेयकमा महिनावारी बिदा कति दिन पाउने भन्ने स्पष्ट व्यवस्था भने गरिएको छैन।
२०८३ असोज १५ गते बिहीवार १५:४८ बजे प्रकाशित























