संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य
काठमाडौँ, असोज १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।
२०८३ असोज १५ गते बिहीवार १५:३९ बजे प्रकाशित























