आजदेखि ११ केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने
काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने केन्द्रको संख्या ११ पुर्याएको छ । यसअघि ६ वटा केन्द्रबाट मात्रै सिलिन्डर साट्न सकिने व्यवस्था थियो ।
आजदेखि बुढानीलकण्ठ, ललितपुर, कलंकी, खसीबजार र सतुंगलमा थप केन्द्र सञ्चालनमा आएका हुन् । नयाँ केन्द्रमा विभिन्न कम्पनीका ग्यास सिलिन्डर साट्न सकिने संघले जनाएको छ ।
संघका अनुसार बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म सिलिन्डर साट्न पाइनेछ । यो व्यवस्था असोज ३० गतेसम्म लागू हुनेछ ।
२०८३ असोज २६ गते सोमवार १३:५० बजे प्रकाशित























