"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पदीय दुरुपयोगले प्रहरी सङ्गठन बदनाम हुन्छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ र पदीय अधिकारको दुरुपयोग नगर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा उहाँले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणबाट देखिनुपर्ने बताउनुभयो ।

दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै महानिरीक्षक कार्कीले पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा सम्झौता नगर्न आग्रह गर्नुभयो । भय, प्रलोभन, माया र द्वेषबाट मुक्त भई जनताप्रति जिम्मेवार भएर सेवा गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले तालिम पूरा भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा अब सुरु हुने उल्लेख गर्दै प्रहरीको पोसाकले परिचय दिए पनि आचरणले सङ्गठनको पहिचान बनाउने बताउनुभयो ।

२०८३ असोज २६ गते सोमवार १४:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु