"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यातायात व्यवस्था विभागले भन्यो: बिहीबार बिहान ५ बजेसम्ममात्रै सेवा अवरुद्ध भएको हो

काठमाडौं । ।यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सेवा बन्द गर्ने भनी आएको समाचार सत्य नभएको स्पष्ट पारेको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको जनाएको छ ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी डा लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको स्पष्ट पारे । विभागले प्रदान गर्ने सेवा सो अवधिका लागि मात्रै अवरुद्ध हुने बताइएको छ ।

२०७८ चैत ९ गते बुधवार २०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु