"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कालोबजारी : एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपर्ने

काठमाडौं । अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न एक सय २५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ।

भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउँदा भारत र तेस्रो मुलुकमा उक्त सामानको भुक्तानी गर्न आवश्यक मात्रामा डलर र भारु पाउने अवस्था छैन । मागअनुसार आपूर्ति नभएपछि डलर र भारुको विनिमय दरमा चाप परेको हो। अहिले बजारमा एक डलर र एक सय भारु लिन क्रमश: एक सय २५ र एक सय ६५ नेपाली रूपैयाँ तिर्नु परेको व्यवसायी बताउँछन् ।

वैध रूपबाट ९जुन मूल्य छ त्यसैलाई भन्सारमा घोषणा गरेर ल्याउने० आयात गरेका सामानको भुक्तानी गर्न राष्ट्र बैंकले व्यवसायीलाई विदेशी मुद्रा उपलब्ध गराउँछ । भन्सारमा मूल्य घटाएर ल्याएका सामान र भन्सार छलेर ल्याएका सामानको भुक्तानी गर्न भने व्यवसायी आफैले बजारबाट डलर र भारु किन्नुपर्छ । अहिले मुलुकभर अमेरिकी डलर र भारु अभाव भएकाले कालो बजारमा सट्टादर बढेको हो।

२०७८ चैत १४ गते सोमवार २१:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु