पेट्रोलियम पदार्थको मूल्य घटाउन कञ्जुमर आइ नेपालको माग
काठमाडौं । कञ्जुमर आइ नेपालले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।आइतबार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो । दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको कञ्जुमर आइ नेपालको आरोप छ।
भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै कञ्जुमर नेपालले आपत्ति जनाएको छ ।
पछिल्लो समय बजारमा उपभोग्य वस्तुको बजार भाऊ उपभोक्ताले धान्नै नसक्ने गरि अचाक्ली बढेको भन्दै कन्जुमर आई नेपालले सरकारमाथि यस्तो आरोप लगाएको हो । पछिल्लो समय बजारमा उपभोग्य वस्तुको बजार भाऊ उपभोक्ताले धान्नै नसक्ने गरि अचाक्ली बढेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
कन्जुमर आई नेपालकि अध्यक्ष बिमला खनालले अविलम्ब बजार अनुगमन, निरीक्षण र महंगी नियन्त्रण गर्न सरकारसँग जोडदार माग समेत गरेकी छन ।
२०७९ साउन २२ गते आइतवार १९:१९ बजे प्रकाशित























