पेट्रोलियम पदार्थको घटेको मूल्य समायोजन गर्न सरकारसंग कञ्जुमर आइ नेपालको जोडदार माग
काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि सरकारबाट समायोजन नभएपछि र निगमले नयाँ मूल्य सार्वजनिक नगरेपछि घटेको मूल्य समायोजन गर्नको लागि कम्न्ज्युमार आई नेपालले कडाईका साथ सरकारलाई ध्यानाकर्षण गराएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै संस्थाकी अध्यक्ष विमला खनालले सो माग गरेकी हुन् । उपभोक्तालाई न्याय दिलाउने उद्देश्यले कन्जुमर आई नेपाल गठन भएको भन्दै खनालले पेट्रोलियम पदार्थको घटेको मूल्य समायोजन गरिदिन उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेकी हुन् ।
उनले वर्तमान अवस्थामा उपभोक्ता चरम मूल्य वृद्धिको मारमा परेको बताएकी छिन् । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दो अवस्थामा रहेको र मूल्य घट्न थालेपछि इण्डियन आयल कर्पोरेशनले दुई पटकसँग पेट्रोलियमको मूल्य घटाएर पठाएको भएपनि अहिले सम्म मूल्य समायोजन नगरिएको उनको गुनासो छ ।
‘आइ ओ सी बाट मूल्य बढेर आएँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल मूल्य वृद्धि हुने गरेता पनि घटेर आउँदा घटाएर मूल्य समायोजन गर्नुपर्नेमा घटेको छैन ।’ उनले विज्ञप्तिमा भनेकी छिन् – ‘कञ्जुमर आइ नेपाल तत्काल पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरी महंगीले आक्रान्त भएका उपभोक्ताका पक्षमा राहत हुनेगरी मूल्य घट्नुपर्ने माग गर्दछ ।’


२०७९ साउन २२ गते आइतवार १९:१७ बजे प्रकाशित























